About Us

shree kalikas school

shree kalikas school
काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलबाट करिब १६ कि.मि. दक्षिण भेगमा रहेको तत्कालीन चलालगणेशस्थान गा.वि.स.वडा नं.६ हाल बेथाञ्चोक गाउँपालिका–४, पाटीखर्क गाउँमा यो विद्यालय अवस्थित छ । यस विद्यालयको स्थापना २०१६  विधिवत् रुपमा स्थापना भई प्रा.वि. तहको स्वीकृत प्राप्त भएको थियो भने २०५६ मा नि.मा.वि.तहको र २०६७ मा मा.वि.तहको स्वीकृत प्राप्त गरी सञ्चालन हुदैँ आएको छ । नेपालको राजधानी काठमाडौँबाट करिब ३८ कि.मि.दक्षिणपूर्वी मोहोडामा रहेको बेथाञ्चोक गाउँपालिका–४, पाटीखर्क सलान्दू खोलाको किनारामा यो विद्यालय रहेको छ । यस विद्यालय क्षेत्रको हावापानी हिउँदमा ३ डिग्री सम्म तापक्रम घट्दछ भने गर्मीमा ३२ डिग्री सम्म पुग्दछ । यो विद्यालय समुन्द« सतहबाट करिब १७०४ मिटर उचाईमा पर्दछ । यस विद्यालयबाट उच्च शिक्षा हासिँल गर्न विद्यार्थीहरु ३ देखि ७ कि.मि.सम्म हिँडेर पनौती वा खोपासी सम्म जानुपर्ने अवस्था छ । हाल यो विद्यालय अत्यन्त कम शिक्षक दरबन्दी र कमजोर आर्थिक तथा भौतिक अवस्थाको बाबजुत पनि विभिन संघसंस्था र स्थानीय निकायहरुको सहयोगले यस क्षेत्रको शैक्षिक विकासमा समर्पित रहेको छ ।

Quick Contact 👋

Get in Touch with Us

Thank You for Contact Us! Our Team will contact you asap on your email Address.